मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा शरीर र यौनांग जलेको अवस्थामा शव फेला, टाउको फेला परेन

कपिलवस्तुमा शरीर र यौनांग जलेको अवस्थामा शव फेला, टाउको फेला परेन

अपि टाइम्स

तौलिहवा । कपिलवस्तु नगरपालिका ४ पिपरी गाउँदेखि दक्षिणतर्फको नहरको कुलोमा हत्या गरी गाडिएको अवस्थामा पु्रुषको शव फेला परेको छ।

आइतबार साँझ ६ बजेतिर कोदाहवा चोकदेखि दक्षिण ५ सय मिटर नहरको कुलोमा टाउको नभएको शव खाल्टोमा गाडिएको अवस्थामा फेला परेको हो।

वडाध्यक्ष रवीन्द्र तिवारीलाई स्थानीयले खबर गरेपछि त्यसबारे उनले प्रहरीलाई जानकारी गराएका थिए। आइतबार साँझ शवको घुँडाको भाग मात्र देखिएको थियो। सोमबार बिहान खनेर पुरुषको शव निकालिएको प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए। अन्यत्रै हत्या गरी टाउको छिनालेर कुलोमा खाल्टो बनाई शव गाडिएको हो।

शरीर र यौनांग जलेको अवस्थामा रहेको छ। पुरुषले जिन्सको सट लगाएको र नाडीमा धागोसमेत बाँधिएको अवस्थमा रहेको छ। टाउको भने अझै फेला परेको छैन।
प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर शवको मुचुल्का गरेको छ। घटनास्थलमा तालिम प्राप्त ककुरसहित टोली परिचालन गरिएको छ।