कवि श्रीकृष्ण सिम्खडा
अरुको
प्रबचन सुनेर
शान्ति र खुशी पाइने भए
म,
हरेक दिन प्रबचन सुन्थे
र
आफैं पनि प्रबचक हुन्थे
र ,
अरुलाइ
प्रबचन सुनाएर
खुशी दिन्थे
अनि
सहरका ठाँउ ठाँउमा
प्रबचन सुनाउने
कारखानानै खोल्दिन्थे
एक मुठी साग
किन्न नसक्ने हालतमा
पुगेका मान्छेहरुलाइ
कुन खुशीको प्रबचनले
काम गर्ला र?
एक घोगो मकै
खाने रहर मार्दै
हिंडेको मान्छेलाई
कुन प्रबचनले
काम गर्ला र?
बरु,
सक्छौ भने प्रबचन होइन
खुशी हराएको
एक मुठी साग देउ।
भोक मेटाउने
एक घोगो मकै देउ
बन्द गर प्रबचनका
कारखानाहरु ।
प्रतिक्रिया