काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम गर्मी ठाउँ मानिने बाँकेको नेपालगन्जमा भन्दा बढी देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार आज नेपालगन्जमा भन्दा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम बढी देखिएको हो।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २६३ डिग्री सेल्सियस छ भने नेपालगन्जको अधिकतम तापक्रम २६२ डिग्री सेल्सियस छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार उपत्यकामा दिनभर टन्टलापुर घाम लागेकोमा नेपालगन्जमा मौसम बदली भएका कारण यस्तो भएको हो ।
आज जनकपुरमा सबैभन्दा धेरै तापक्रम २९।७ डिग्री सेल्सियस थियो ।
विन्टर अर्थात् हिउँदयाम सकिएर प्रिमनसुन सिजन सुरु भइसकेकाले देशभर नै तापक्रम क्रमशः बढिरहेको छ।
यही मार्च १ देखि प्रिमनसुन सिजन लागेको हो।
प्रतिक्रिया