मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रशासकीय अधिकृत रोशनको क्वार्टरमा आगजनी, भागेर ज्यान जोगाए

प्रशासकीय अधिकृत रोशनको क्वार्टरमा आगजनी, भागेर ज्यान जोगाए

अपि टाइम्स

कैलाली । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण प्रयास भएको छ । बिहीबार राति निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
आक्रमणपछि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले झ्यालबाट भागेर ज्यान जोगाएको बताएका छन् । भागेर उनले प्रहरीलाई घटनाबारे जानकारी गराएका थिए । उनीमाथि आक्रमणको कारण र समूहबारे अहिलेसम्म खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर गोविन्द भण्डारीले घटनाको जानकारी पाउनसाथ प्रहरी टोली परिचालन गरिएको र अनुसन्धान भइरहेको नेपाल प्रेसलाई बताए ।