मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनिक दिवसः यस्तो भयो टुँडिखेलमा सेनाको विशेष समारोह

सैनिक दिवसः यस्तो भयो टुँडिखेलमा सेनाको विशेष समारोह

अपि टाइम्स

काठमाण्डौ । नेपाली सेनाले आफ्नो स्थापना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच युद्धकला, शिवरात्रि परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरेको छ । नेपाली सेनाले देशभरी विविध कार्यक्रम गरी २ सय ६१ औँ स्थापना दिवस मनाइरहेको छ ।

टुँडिखेलमा भएको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको छ । महाशिवरात्री तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले विशेष कला प्रदर्शनी समेत गरेको छ ।

हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिएको छ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड ९शस्त्राभ्यास० तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम भएका छन ।

नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउने गर्दछ । नेपालको सुरक्षाका साथै संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यमा पनि नेपाली सेना सन् १९५८ देखि संलग्न रहँदै आएको छ । शान्ति स्थापनाका लागि सेना खटाउने देशको सूचीमा नेपाल अहिले पहिलो स्थानमा छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति सुरक्षा विभागका अनुसार शान्ति स्थापना कार्यका लागि सेना र प्रहरी प्रहरी पठाउने देशको सूचीमा नेपाल पहिलो स्थानमा छ । नेपालले ५ हजार ८ सय ६५ जना सैनिकसहित ६ हजार २ सय ६७ जना सुरक्षाकर्मी १५ वटा शान्ति अभियानमा खटाएको छ ।

संयुक्त राष्ट्रसङ्घले माग गरेमा ६० दिनभित्र द्धन्दग्रस्त देशको कुनै पनि ठाउँमा खटाउन सक्नेगरी सेनाले जनशक्ति र उपकरण तयारी अवस्थामा राखेको छ । सेनाले १० हजार जनासम्म सेना शान्ति मिसनमा खटाउन सक्ने प्रतिबद्धता जनाएको छ । शान्ति मिसनमा खटिने सैनिकलाई विरेन्द्र सैनिक तालिम केन्द्र पाँचखालमा निरन्तर तालिम आयोजना भइरहेको हुन्छ ।