मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरका शिवालयमा महाशिवरात्रि पर्वको रौनक

देशभरका शिवालयमा महाशिवरात्रि पर्वको रौनक

अपि टाइम्स

तस्वीर रासस

काठमाण्डौ । महाशिवरात्रिका अवसरमा काठमाण्डौको पशुपतिनाथ तथा देशका विभिन्न शिव मन्दिरहरु दर्शनार्थीको भिड लागेको छ ।

काठमाण्डौको पशुपति, डोलेश्वरलगायत स्थानीय ठाउँका शिवालयहरुमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।कपिलवस्तु, रुपन्देहीको बुटवल लगायतका महादेव मन्दिरमा भक्तजनको भिड लागेको हो ।
कपिलवस्तुको लक्ष्मणघाट, पिपरा, बुटवलको सिद्धबाबा, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित शिव मन्दिर, दाङको घोराही उपमहानगरपालिका–५, धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर, काठमाण्डौ महानगरपालिका –१६, गुम्बास्थित तारकेश्वरधामको शिव मन्दिर लगाउतका मन्दिरमा पूजा आराधना भइरहेको छ ।

महा शिवरात्रीको अवसरमा देशभर सरकारले विदा दिएको छ ।