मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कपिलवस्तुमा उद्योग वाणिज्य क्षेत्रमा संकट, बन्द गरी ब्यवसायी पलायनतर्फ

कपिलवस्तुमा उद्योग वाणिज्य क्षेत्रमा संकट, बन्द गरी ब्यवसायी पलायनतर्फ

अपि टाइम्स

कपिलवस्तु ।चल्नै नसक्ने स्थिति भएपछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुन थालेका छन्।कोरोना कालपछि जिल्लामा उद्योग र व्यावसायिक फर्महरू बन्द हुने क्रम बढेको हो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु अनुसार चालु आर्थिक वर्ष २०८०र०८१ को ६ महिनाको अवधिमा ६२ वटा साना उद्योग र ३५ वटा वाणिज्य फर्म गरी ९७ फर्म बन्द भएका छन्।

जबकि आर्थिक वर्ष २०७९र०८० को एक वर्षको अवधिमा ७८ साना र ९६ वाणिज्य फर्म बन्द भएका थिए। बन्द हुने साना उद्योगहरूमा उत्पादन मूलक कृषि तथा वन सेवा मूलक रहेका छन्। यस्तै व्यावसायिक फर्महरूमा किराना पसल, हार्डवेयर, लगायत विविध छन्।

विगत ५ वर्षमा भने कुल ३ सय ८१ साना उद्योग तथा ६ सय २८ वाणिज्य फर्महरू बन्द भएका थिए। आर्थिक वर्ष २०७५र०७६ देखि आर्थिक वर्ष २०७९र०८० सम्म सो उद्योग र वाणिज्य फर्म बन्द भएका थिए।

आर्थिक वर्ष २०७५र०७६ मा ६१, आर्थिक वर्ष ०७६र०७७ मा ७५, आर्थिक वर्ष ०७७र०७८ मा ७७ र आर्थिक वर्ष ०७८र०७९ मा ९० वटा साना उद्योग बन्द भएका थिए। यस्तै वाणिज्य फर्म अन्तर्गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५र०७६ मा १ सय ६९, आर्थिक वर्ष ०७६र०७७ मा १ सय ७८, आर्थिक वर्ष २०७७र०७८ मा १ सय ९, आर्थिक वर्ष ०७८र०७९ मा ७६ बन्द भएका थिए।

कोरोना कालपछि असहज स्थिति बन्दै गए पछि उद्योग धन्दा खुल्ने क्रम भने घटेको हो। आर्थिक स्थिति असहज बनेपछि साना उद्योग र वाणिज्य फर्म नवीकरण नभएर बन्द भएको प्रमुख प्रेम बहादुर गौतमले बताए।

कार्यालय प्रमुख गौतमले कोरोना कालपछि उद्योग र व्यापारिक फर्मको संख्या घट्नु चिन्ताको विषय भएको बताउँदै भने ‘चार वर्ष यता जिल्लामा उद्योग धन्दा खुल्ने क्रम हवात्तै घटेको छ।’

व्यवसायमा निरन्तर घाटा लागेपछि उद्योगी व्यवसायीहरूले आफ्नो फर्म बन्द गर्न बाध्य भएको उनको भनाइ छ। ‘सशस्त्र माओवादी द्धन्द पछि शान्ति स्थापना भए यता कोरोना काल अघिसम्म उद्योग धन्दा खुल्ने क्रम थियो। उद्योग धन्दा खुले पछि रोजगारी समेत बढेको थियो तर करोना असर अहिले देखिन थालेको छ’ उनले भने। कोरोना भाइरसका कारण उद्योग धन्दा पनि मारमा परको उनले बताए।

कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले उद्योग धन्दा र व्यापारको संख्या कम हुनु चिन्ताको विषय भएको बताए।

कोरोना काल यता अहिले देशमा आर्थिक मन्दी छाएको र व्यापारीहरू आफ्नो व्यवसायमा टिक्न गाह्रो परेको उनको भनाइ थियो। उनले साना र उद्योग र व्यापारलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाडै बन्द हुने गरेको सुनाए।

उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अली मिया अहिले उद्योग व्यापार गर्न नसक्ने स्थिति सिर्जना भएको बताउँछन्। उनले सरकारले ठोस कदम नचाले धेरै उद्योग व्यापार बन्द हुने उल्लेख गरे।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा २ सय ६७ साना उद्योग र २ सय ५५ वाणिज्य फर्म दर्ता भएका छन्।