मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले संसदमा छिप्पिएको र बुढो काँग्रेस भनेपछि..

ओलीले संसदमा छिप्पिएको र बुढो काँग्रेस भनेपछि..

अपि टाइम्स

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पोहोर समर्थन गर्न हुने अहिले किन नहुने भनेर प्रतिनिधि सभाबाट कांग्रेसलाई प्रश्न गरेका छन् ।

एमाले अध्यक्ष ओलीले अघिल्लो पटक आफूले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेर प्रधानमन्त्री बनाउँदा नेपाली कांग्रेस नयाँ ब्याट्री हालेजस्ता भएर हौसिए पनि अहिले किन बटारिएको भन्दै प्रश्न गरेका हुन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले पोहोर विश्वासको मत दिने कांग्रेस अहिले किन बटारिएको भनेर प्रश्न गरेका हुन् ।

‘पोहोर समर्थन गर्न हुने अहिले किन नगर्ने रु मान्छे उही, पोहोर पनि कांग्रेस सरकारमा थिएन । भित्रभित्र के थियो थाहा थिएन’, ओलीले भने, ‘ अहिले के भो त्यस्तो फेरि ठ्याक्कै टर्न आउट ?
ओलीले सदनमा काँग्रेसलाई छिप्पीएको बुढो काँग्रेसभन्दै सम्बोधन गरेका थिए । ओलीले यसो भनिरहँदा सदनमा हाँसोको खित्का छोडिएको थियो ।