मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरिँदै

अपि टाइम्स

कास्की । पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।

उनले आइतबार एक भव्य कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने पनि जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड आजै पोखरा पुगिसक्नुभएको छ ।

उनले पर्यटकीय राजधानी घोषणा कार्यक्रमको अवसरमा बसुन्धारा पार्कबाट विभिन्न झाँकीसहितको र्याली निकालिने र बाराहीघाटमा औपचारिक घोषणा सभा हुने बताए ।

पर्यटन क्षेत्रको विकासले पोखरा र गण्डकी प्रदेशकै अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा छ । मेयर आचार्यले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएको बताए ।