मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु

लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु

अपि टाइम्स

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन) भिक्षुहरुको धम्मयात्रा शनिबार सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुई दिनपछि पूरा हुनेछ ।

श्रामणेरलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण०, सदस्य सचिव सानुराजा शाक्य, कार्यकारिणी सदस्य विश्वराज पौडेल, वरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना तथा जनसम्पर्क अधिकृत डा हरिध्वज राईले मायादेवी मन्दिर परिसरमा पुष्प अर्पण गरी यात्रा सुरु गराएका हुन् । लुम्बिनीबाट सुरु भएको धम्मयात्रा शनिबार भैरहवा र आइतबार नवलपरासीको रामग्राम पुग्नेछ ।

लुम्बिनीमा बुद्धशिक्षालाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ यात्रा भएको कोषका कोषाध्यक्ष भट्टराईले बताए । धम्मयात्राले समुदायतहसम्म बौद्धशिक्षालाई अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका संस्थाहरूको सहआयोजनामा फागुन १६ गतेदेखि एक हजार दुई सय ५० जनालाई कुलपुत्र प्रव्रज्या ९अल्पकालीन भिक्षु० गराइएको हो । भिक्षुहरुको जीवनमा धम्मयात्रालाई महत्वपूर्ण मानिने सदस्यसचिव सानुराजा शाक्यले बताए ।

अल्पकालीन भिक्षुहरूले पहेँलो चिवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्ने गर्दछन् । सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्नेछ । भिक्षु बन्न दुई सय २७ वटा नियम पालना गर्नुपर्ने हुन्छ ।