मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहजिल्ला पुगी मन्त्री अधिकारीले भने ‘भुमिहिन र सुकुम्वासीका सपना साकार हुन्छन्’

गृहजिल्ला पुगी मन्त्री अधिकारीले भने ‘भुमिहिन र सुकुम्वासीका सपना साकार हुन्छन्’

अपि टाइम्स

कपिलवस्तु ।भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले भुमिहिन, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरुको सपना साकार हुने बताएका छन् ।

लामो राजनैतिक यात्रापछि मन्त्री बनेर पहिलोपटक गृह जिल्लाको भ्रमणमा रहेका मन्त्री अधिकारीले शनिबार बाणगंगामा आयोजना भएको एक कार्यक्रममा भुमिहिन र सुकुम्बासीका समस्या समाधान गर्न पदभार ग्रहण गरे लगत्तै काम सुरु गरिसकेको बताएका हुन् ।

मन्त्री अधिकारीले आफ्नो गृहजिल्लाका कसैलाई पनि निरास नपार्ने बताए । कपिलवस्तुवासीले आशा गरेका कामहरु पनि निरन्तर रुपमा गर्दै जाने उनको भनाई छ । सबै कामहरुमध्ये सुकुम्बासी समस्या समाधान पहिलो उनले बिभिन्न भेटघाटमा बताए ।

मन्त्री अधिकारीले भने, ‘अन्तर मन्त्रालय बिच कानुनी जटिलता हटाएर, सुमधुर सम्बध कायम गरि विधि प्रक्रिया अनुसार काम अगाडि बढाउँदा कतैबाट काम रोकिदैन । यो गठबन्धनले जनताको मन जित्ने गर्छ । भूमि समस्या समाधानका लागि आत्तिएर भन्दा कानुनी प्रक्रिया फुकाएर पुरा गर्न आवश्यक छ ।’

मन्त्री अधिकारीले यस अघि गठित भूमि आयोग विघटन गर्दा मुद्धा झेल्नुपर्ने लगायत अनेकौ समस्या हुने भएकाले विधि र प्रक्रिया अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । एमाले बाणगंगा नगर कमिटिको शुभकामना आदाप्रदान तथा बिभिन्न पालिकाका प्रमुख र मतदातालाई मन्त्री अधिकारीले भेटिरहेका छन् ।