मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोशी र लुम्बिनी प्रदेशको नाम परिवर्तन गर्नुपर्नेमा जनमत

कोशी र लुम्बिनी प्रदेशको नाम परिवर्तन गर्नुपर्नेमा जनमत

अपि टाइम्स

काठमाडौं । जनमत पार्टीले कोशी र लुम्बिनी प्रदेशको नाम तथा सीमा परिवर्तनको लागि पहल गर्ने भएको छ ।

३–४ चैतमा पर्सामा बसेको पार्टीको केन्द्रीय समिति बैठकले उक्त निर्णय पारित गरेको हो ।

त्यस्तै प्रदेशहरूलाई अधिकार सम्पन्न र प्रभावकारी बनाउन आवश्यक ऐन कानुनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णयसमेत बैठकले पारित गरेको छ ।

जनमतले केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूलाई तोकिएको कार्य पूरा गरे–नगरेको मूल्याङ्कन गर्ने र मूल्याङ्कनको आधारमा आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राख्नेरनराख्ने निर्णयसमेत गरेको छ ।

पार्टीले आर्थिक मन्दीका कारण थला परेका उद्योग, व्यवसायको समस्या तत्काल समाधानका लागि सरकारलाई दबाब दिने, संगठन विस्तारलाई तीव्रता दिने र सशक्त आन्दोलनका लागि युवादस्ता गठन गर्ने निर्णय पनि गरेको छ ।