मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कवाडीखाना हुँदै ३० लाख बढीको पत्रकार महासंघ कपिलवस्तुको भवन

कवाडीखाना हुँदै ३० लाख बढीको पत्रकार महासंघ कपिलवस्तुको भवन

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । नेपाल पत्रकार महासंघ कपिलवस्तुको भवन दिनप्रतिदिन जिर्ण हुँदै गएको छ । तौलिहवास्थित भवनमा महासंघका कुनै क्रियाकलाप नहुँदा र एक जना पनि कर्मचारी नहुँदा रेखदेखको अभावमा भवन जिर्ण बन्दै गएको हो । कार्यालयमा संगिता भुसाल कर्मचारी भएर बस्दासम्म पहिले केहि हदसम्म बिसेक थियो तर अहिले भुसाल पनि नहुँदा सुनसान छ भने वरीपरि फोहरै फोहर छ ।

भवनको हालत देख्दा यस्तो लाग्दछ यो महासंघको भवन नभएर कुनै कवाडी खाना हो । बाहिर साङ्ले ताल्चा लगाइएको छ । साङला र ताल्चामा खिया लागेको छ । पर्खाल भित्र र बाहिरको प्राङ्गणमा झार उम्रिएर झाडी हुन लागेको छ । भवनभित्र पनि धुलोमैलो देखिन्छ भने कोठाहरु जनावर वस्नेजस्ता भइसकेका छन् । त्यहाँ रहेका फर्निचर पनि धुलाम्य देखिन्छन् । कार्यलयमा रहेका दराजमा रहेका महासंघका कागजपत्रको अवस्थाको के हालत् होला खोली हेरेपछि मात्र थाहा होला ।
घरको माथिल्लो तला प्लाष्टर गरी त्यस्तै छाडिँदा निकै फोहर देखिन्छ । भवनको अन्य क्षेत्रको संरक्षणमा पनि गम्भिर लापरबाही छ ।

समाचार श्रोत अनुसार यो भवनमा बिभिन्न सरकारको सहयोग, चन्दादानको हिसाब गर्दा न्युनतम ३० लाख बढी खर्च भएको देखिन्छ । पहिलो तला निर्माण सम्पन्न गर्न ११ लाख बढी खर्च भएको थियो भने पछि दोश्रो तल्ला सम्पन्न गरी सक्काउँदा थप रकम खर्च भएको थियो । रकम लिएर पनि दोश्रो तलामा अझै पूर्ण काम भएको छैन ।

सरकार र दाताको यतिधेरै रकम खर्च गरी भवन बनाइए पनि यो भवन जिर्ण बन्दा ‘सरकारको लगानी बालुवामा पानी’ भएको छ भन्दा फरक पर्दैन । भवनले अहिले संरक्षण पर्खेर बसेको छ । महासंघको भवनको यस्तो अवस्था देखेपछि सरोकार राख्ने ब्यक्तिले पनि संस्थालाई गिज्याउन थालेको बताइन्छ ।

महासंघका अध्यक्ष किरणमान बज्राचार्यले भएको एक जना कर्मचारी विरामी भएपछि पछिल्लो एकडेढ महिना कर्मचारी नभएको बताए । विरामी कर्मचारी ठिकभएपछि आएर सरसफाइ लगायतको काम हुने उनको भनाई छ । अध्यक्ष मात्र नभएर बर्तमान कार्यसमितिमा रहेका कसैले पनि यसको संरक्षण र संवद्धनमा ध्यान दिन सकेका छैनन् भने पूर्वअध्यक्षहरु पनि जाने, हेर्ने, संरक्षण गर्ने लगायतका कुरामा चुकेका छन् ।

महासंघले बिभिन्न संघसंस्था, पालिका लगायतबाट बर्सेनी लाखौँ रकम जम्मा गरे पनि संघको भवन मर्मतसम्भारमा चासो नदिएका श्रोत बताउँछ ।
महासंघमा आवद्ध पत्रकार सदस्यले भवनमा साधारण सभा, अधिवेशन बाहेकका अरु कार्यसम्पादनका काम विरलै हुँदा भवन यस्तो भएको बताउँछन् । उनीहरुका अनुसार सचिव, कोषाध्यक्षले पनि आआफ्नै घरमा महासंघको कार्यसम्पादनका काम गर्दछन् ।
यति मात्र होइन बाणगंगा नगरपालिका र बुद्धभूमिमा रहेका अन्य २ वटा भवन पनि अलपत्र छन् । ती भवनमा सरकारको लाखौँ लगानी परे पनि महासंघका जिम्मेवार ब्यक्तिले सामान्य रुपमा लिएको देखिन्छ । ‘कहिँ नभएको जात्रा हाँडिगाउँमा भनेझैँ’ ७७ जिल्लामा नभएको चटक यहाँ देखिन्छ । एउटै भवन संहार गर्न नसक्नेले ३/३ वटा भवन बनाएर प्रयोगविहिन बनाउँदा स्वयम् पत्रकारहरु पनि क्रुद्ध छन् ।