मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री दीपक मनाङेले लिए शपथ, सांसद पद जाला ?

मन्त्री दीपक मनाङेले लिए शपथ, सांसद पद जाला ?

अपि टाइम्स

कास्की । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री दीपक मनाङेले पद तथा गोपनियताको शपथ लिएका छन् ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई सोमबार मन्त्री पदमा नियुक्ती गरेका थिए ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार दिउँसो प्रदेश प्रमुखको निवासमा शपथ खुवाएका हुन् । मनाङे मनाङ ख बाट निर्वाचित हुन् । उनी यसभन्दा अघि तीन पटक मन्त्री भइसकेका छन् ।
नेकपा एकिृकृत समाजबादीबाट चुनाव जितेका मन्त्री मनाङ्गेलाई कारबाही गर्नेबारे पार्टी अझै बोलेको छैन । समाचार श्रोतका अनुसार उनलाई पार्टीले कारबाही गर्न सक्ने अवस्था पनि छ ।