मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगा नगर परीक्षा समितिले काटेको प्रश्नमा लापरबाही, भैसीको बच्चो ‘बाच्छो’ भएपछि

बाणगंगा नगर परीक्षा समितिले काटेको प्रश्नमा लापरबाही, भैसीको बच्चो ‘बाच्छो’ भएपछि

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाको सरकारी विद्यालयको प्रश्नपत्रमा गम्भिर त्रुटी र लापरबाही देखिएको छ । कक्षा १ को हाम्रो सेरोफेरो (विज्ञान) विषयको नमुना प्रश्नमा यस्तो त्रुटी भएको भेटिएको हो । प्रश्न नम्बर १ को जोडा मिलाऊनुहोस् शीर्षकमा विद्यार्थीले बुझुन् भनेर सजिलोको लागि संकेत दिइएको छ । जसमा भैँसीको बाच्छोमा संकेत गरिएको छ । यो भनेको भैसीको बच्चोलाई बाच्छो भनिन्छ भन्न खोजिएको हो । जबकि भैसीको बच्चोलाई पाडो या पाडी भनिन्छ । प्रश्न पत्रमा पाडो मात्रै छ ।
यहि अनुसार सबै विद्यालयमा विद्यार्थीले परीक्षा दिइसकेका छन् । नगरले संकेत विगारेपछि ६ अंकको प्रश्नमा विद्यार्थीको उत्तर नै उलटपुलट हुने निश्चित छ । त्रुटी सानो भए पनि यसले अंकन र विद्यार्थीको मुल्यांकनमा नै फरक पार्ने शिक्षकहरु नै बताउँछन् ।

के भन्छन् भण्डारी ?

सो नमुना प्रश्न पत्र कुनै विद्यालयका शिक्षकले काटेका होइनन् बाणगंगा नगरस्तरीय परीक्षा समितिमा रहेका विद्वान ब्यक्तिले तयार पारेका हुन् । यस विषयमा नगर शिक्षा समिति संयोजक कविराज भण्डारीसंग बुझ्दा भुलवस त्यस्तो हुन गएको छ । त्यो भुल आफूहरुको तर्फबाट नभई कम्युटरमा प्रिन्ट गर्नेबाट भएको भण्डारी बताउँछन् । उनले भने ‘पहिले शिक्षकले प्रश्न काटेर विद्यालयबाट शिक्षा समितिमा पठाउँछन्, त्यसपछि समितिले पटकपटक रुजु गर्छ । त्यसपछि पनि फेरि विज्ञबाट प्रमाणित गर्ने काम भएर बल्ल प्रिन्ट हुन्छ । मलाई लाग्छ त्यो प्रिन्टमा गएपछि भएको त्रुटी हो । मैले मुल कपि पनि हेर्छु ।’ भण्डारीले कम्प्युटरबाट त्यस्तो हुन गएको भन्दै अन्यथा नलिन आग्रह गरे ।

मुल कपी हेरेपछि कम्युटरबाट त्रुटी भएको पत्ता लागेको भण्डारीले बताए । यो त्रुटीलाई स्कुलका शिक्षकले मिलाएकाले थप समस्या सिर्जना नहुने भण्डारी बताउँछन् । अपिटाइम्सले बुभ्दा स्कुलका शिक्षकको पनि यहाँ ध्यान गएको देखिदैन । स्कुलमा शिक्षकले पनि त्रुटी नसच्याएको भए अनिवार्य रुपमा २ अंक गडबड भएको छ ।

गत चैत्र १ गतेदेखि नगरपालिकाका सामुदायिक विद्यालयमा परीक्षा संचालन भइरहेको छ भने परीक्षा ८ गते सकिने छ ।
त्रुटी सानो भए पनि यसले नगरको नेतृत्व र परीक्षा समितिको अनविज्ञतामा प्रश्न उठाउने सरोकारवाला बताउँछन् । ‘यसमा गम्भीर लापरबाही नै देखिन्छ, यो सामान्य विषय होइन । यसले विद्यार्थीको अंकमा पनि फरक पार्छ । नगरले यस्ता त्रुटी गर्दा आलोचना हुनु स्वभाविक हो, प्रश्नपत्र प्रिन्ट भएपछि पनि सच्याउन सकिन्थ्यो तर त्यो संवेदनशिलता देखिएन । आ, भइहाल्यो भन्नेमा गए । यस्तो लापरबाही पटकपटक हुने गरेको छ’, एक जना अभिभावक भन्छन् ।

प्रश्न पत्रमा ठेगाना पनि छैन । बाणगंगा नगरस्तरीय परीक्षा भनेर पनि उल्लेख नगर्दा कहाँको हो भनेर बुझ्न पनि कठिन हुन्छ । ठेगाना नराखेर पनि प्रश्न पत्रमा लापरबाही गरिएको छ । शिक्षासंग सरोकार राख्ने अरुले पनि नगरपालिकाको विद्धत बर्गले काटेको पत्रमा यस्तो भुल हुनै नहुने बताउँछन् ।परीक्षा समिति हुनुपर्नेमा नगर शिक्षा समिति भएकोले सच्याएका छौँ ।