मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभुमिमा प्रश्नपत्र आउट भएपछि परीक्षा नै रद्ध

बुद्धभुमिमा प्रश्नपत्र आउट भएपछि परीक्षा नै रद्ध

अपि टाइम्स

कपिलवस्तु । बुद्धभुमि नगरपालिकामा सरकारी विद्यालयको प्रश्न पत्र आउट भएको छ । आधारभुत तहको प्रश्न पत्र आउट भएपछि चैत्र ४ गतेको परीक्षा नै रद्ध गर्नुपरेको अवस्था छ । चैत्र १२ गते संचालन भएको गणित बिषयको प्रश्न पत्र आउट भएपछि आधारभुत तह उत्तीर्ण परीक्षा संचालन तथा ब्यस्थापन समितिको वैठक बसेर परीक्षा रद्ध गरेको हो ।

नगरपालिकाको वडा नम्बर ९ जनकल्याण माविमा परीक्षा अनुगमनको क्रममा प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको थियो । प्रश्न हल भएको हुबहु चिट र कपी भेटिएपछि प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।

शनिबार सोही वडाको श्री मावि इमिलियाबाट प्रश्नपत्र आउट गरिएको थियो । विद्यालयबाट दुई जना शिक्षकले खाम बन्दीबाट प्रश्नपत्र निकालेर विद्यार्थीलाई हल गराइएको अनुसन्धानबाट खुलेको नगर शिक्षा समितिका सदस्य रामप्रसाद अर्यालले बताउनु भयो । ती शिक्षकले कोचिङ पढ्दै गरेका विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराएका थिए ।

समितिका अनुसार उक्त परीक्षा चैत्र ९ गते शुक्रबार हुनेछ । कसले कसरी प्रश्न आउट गरेको हो त्यो भने थाहा छैन । नगरप्रमुख केशव श्रेष्ठले यसबारे अनुसन्धान हुने र दोषी पत्ता लागे कारबाही गर्ने बताए । सरोकारवालाले प्रश्नपत्र लिक हुनुलाई गम्भरि रुपमा लिन आग्रह गरेका छन् । यी र यस्ता क्रुटीले नगरपालिकाको शिक्षा शाखाको विश्वसनीयतामा नै प्रश्न आउने उनीहरुको भनाई छ ।