मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म काम गर्छु, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरिरहोस्ः गृहमन्त्री

म काम गर्छु, कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरिरहोस्ः गृहमन्त्री

अपि टाइम्स

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले सदन अवरूद्ध गरिरहँदा आफूले काम गरिरहने बताएका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग मंगलबार दिउँसो कुराकानी गर्दै लामिछानेले आफूहरूले कामले जबाफ दिने बताए।

‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु,’ उनले भने, ‘हामीले कामले जबाफ दिने हो, जुन नेपाली जनताले दिइरहन्छन्।’

उनले भने कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएको छ।

‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्। अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस्। अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्नेरु सुशासनको कुरा गर्नेरु चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले,’ गृहमन्त्री लामिछानेले भने, ‘चार वर्ष कांग्रेसले सदन अवरूद्ध गरिरह्यो र हामीले मजाले काम गर्न पाइयो भने के थाहा, धेरै मानिस सदनमा हुँदै हुने छैन कि ?’

उनले सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्र का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेकोप्रति लक्षित गर्दै ठूला माछाु पक्रेको प्रतिक्रिया दिए।