मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले भने ‘सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्न सम्भव छैन’

ओलीले भने ‘सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्न सम्भव छैन’

अपि टाइम्स

काठमाडौ । सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्न सम्भव नरहेको बताएका छन् । सहकारीको निक्षेप अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको प्रसंगमा संसदीय छानबिन समिति बन्न ओलीले बताएका हुन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले ओलीले भने ‘संसदीय समिति केका लागि बन्ने ? त्यो सम्भवै छैन,’ अध्यक्ष ओलीले भने।

सरकारबाट बाहिरिनेबित्तिकै नेपाली कांग्रेसले आवेश उत्तेजना देखाउन नहुने उनले बताए।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चित्त नबुझेको भन्दै कांग्रेसले पोखराको सूर्योदय वचत तथा ऋण लगायत सहकारीको निक्षेप अपचलनबारे संसदीय समिति बनाएर छानबिन गर्न माग गरेको थियो।