मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराजको आदर्श माविः प्रश्नपत्रमा गम्भिर लापरबाही, के पढ्छन् शिक्षक ?

शिवराजको आदर्श माविः प्रश्नपत्रमा गम्भिर लापरबाही, के पढ्छन् शिक्षक ?

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाको एक विद्यालयले बार्षिक परीक्षाको लागि काटेको एउटा प्रश्नपत्रमा ठाउँठाउँमा त्रुटी देखिएको छ । नगरको वडा नम्बर १ शिवपुरस्थित आदर्श माध्यमिक विद्यालयले काटेको कक्षा १ को नेपाली विषयको प्रश्न पत्रमा २१ भन्दा बढी ठाउँमा त्रुटी भएको देखिएको हो । प्रश्न पत्रमा धेरै ब्याकरणिक त्रुटी देखिन्छन् भने अर्थको अनर्थ लाग्ने त्रुटी पनि प्रशस्त भेटिन्छन् ।

भाषाको लेख्य रुप प्रश्नपत्रमा राखिनु पर्नेमा कथ्य रुप राखिँदा बढी त्रुटी भएको देखिन्छ । बिभक्तिहरलाई पनि छुट्टै लेखिएको छ । यस्तो त्रुटीपूर्ण प्रश्नपत्रमाथि विद्यार्थीले परीक्षा दिएपछि अहिले सामाजिक संजालमा पनि यो प्रश्नपत्र सार्वजनिक भइसकेको छ । त्यसपछि विद्यालयकोे चौतर्फी आलोचना भइरहेको छ ।

प्रश्नपत्र सार्वजनिक भएपछि विद्यालयमा रहेका नेपाली भाषा शिक्षकको दक्षतामा पनि यस प्रश्न पत्रले प्रश्न उठाएको छ । त्यहाँको प्रशासनिक नेतृत्व कतिसम्म गैरजिम्मेवार रहेछन् भन्ने पनि यहि प्रश्नपत्रबाट पुष्टि हुन्छ । विद्यालयको यस लापरबाहीले निशुल्क शिक्षा कार्यान्वयनमा रहेको नगरपालिकालामाथि नै प्रश्न उठेको छ । ‘एकदुई ठाउँमा गल्ती भएको भए भुल भन्न हुन्थ्यो तर यो प्रश्नपत्रले शिक्षकको लापरबाही नै बताउँछ’, त्यहाँका एकजना शिक्षक भन्छन् ‘यसलाई प्रअले गम्भीर रुपमा लिनुपर्दछ ।’ विद्यालयले प्रशासनले पनि यो लापरबाही नै भएकोले खोजी गरी स्पष्टिकरण सोधिने बताउँछ ।

५० अंकको पूर्णाङ्क रहेको प्रश्न पत्रको आधारमा विद्यार्थीको उत्तरपुस्तिका कसरी जाँच गर्ने ? सो त्रुटीमा विद्यार्थीको त्रुटीको अंक काट्ने कि नकाट्ने, अंकन कसरी गर्ने ? भन्ने लगायतमा अभिभावकबाट प्रश्न उठेको छ । विद्यालय प्रशासन श्रोत यस विषयमा ध्यानाकर्षण भएको बताउँछ । शिक्षकको लापरबाहीबाट यस्तो भएको भन्दै खोजी गरी कारबाही गरिने नगर प्रमुख अजय थापाले बताए ।

उनी भन्छन् ‘यहाँ धेरै समस्या थिए, म निशुल्क शिक्षा कार्यान्वयनमा छु । त्यो विद्यालयको लापरबाही नै हो । नमुना विद्यालयको यस्तो गल्ती किमार्थ राम्रो छैन थापाले अपिटाइमससंग भने आगामी दिनमा यस्तो समस्या निम्तन दिने छैन ।’ अभिभावकले पनि यस्तो लापरबाही गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने बताए । प्रश्न पत्रमा नै थुप्रै ब्याकरणिक त्रुटी भएपछि विद्यार्थीको शुद्धतामा अंक काट्ने अधिकार नभएको अभिभावकको भनाई छ ।