मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनभीए भलिबलः बुटवलको एभरेष्टले उपाधिको लागि पुलिससंग खेल्ने

एनभीए भलिबलः बुटवलको एभरेष्टले उपाधिको लागि पुलिससंग खेल्ने

अपि टाइम्स

काठमाडौँ । आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि बुटवलको एभरेस्ट भबिल क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने भएका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् -राखेप_ को कभर्डहलमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३ ० को सोझो सेटमा पराजित गर्दै एभरेस्टले पुलिससँगको भेट पक्का गरेको हो।

पहिलो सेट २५-२० ले जितेको एभरेस्टले त्यसपछिका दुई सेट २५-१२, २५-१८ ले आफ्नो पक्षमा पारेको थियो।

यता, शुक्रबार नै सम्पन पहिलो सेमिफाइनलमा विभायीय टोली नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको थियो।