मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैले र मेयर चक्र अर्यालले विगारे भन्नेमा मानसिक समस्या हुन सक्छः पन्थी

मैले र मेयर चक्र अर्यालले विगारे भन्नेमा मानसिक समस्या हुन सक्छः पन्थी

अपि टाइम्स

बाणगंगा । बाणगंगा नगरपालिकामा विकास भएन भनेर विरोध गर्नेहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले ‘मानसिक समस्या’ भएका ब्यक्तिको ट्याग दिएका छन् । आफू र नगर प्रमुख चक्र अर्यालले विगारे भन्नेमा मानसिक समस्या हुन सक्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि पन्थीले त्यस्तो अभिब्यक्ति दिएका हुन् । उनले बाणगंगा र कपिलवस्तुमा विकासको मूल नै फुटेको बताएका थिए ।

लामै भाषण गरेका सांसद पन्थीले पुर्ण संस्थागत प्रसुति सेवायुक्त नगर घोषणाका बारेमा लामै बोले र अन्तिममा आलोचकमाथि बजारिए । भाषण सुनाउँदै गर्दा उनले आफू र नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालको आलोचना गर्नै नहुने आसय राखे । आफूहरु विकासप्रेमी भएको र धेरै गरिरहेको भन्दै उनले भने ‘केहिले बाणगंगा नगरपालिका बिगारे भन्ने आरोप नगर प्रमुख र आफुलाई लगाएको छ, त्यस्ता व्याक्तिहरुमा मानसिक समस्या हुन सक्छ ।

केहि वर्ष पहिला बाणगंगासहित सिङ्गो कपिलवस्तुको अवस्थाको बारेमा सबै जानकार रहेको भन्दै कपिलवस्तु अहिले प्रदेश र सिङ्गो देशकै मुल प्रवाहमा जोडिएको उनले बताए । यो भाषण सुनेपछि कतिपयले पन्थीको आलोचना गरेका छन् । बोल्न पाएँ भन्दैमा त्यसरी कसैलाई पनि भन्न नहुने कार्यक्रममा सहभागिले बताए ।