मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसपटक होलीमा पानी

यसपटक होलीमा पानी

अपि टाइम्स

काठमाडौँ । भोलि र पर्सिको होली पर्वमा समेत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाकाअनुसार विशेषगरी मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पर्सि सोमबारसम्मै पानी पर्ने सम्भावना छ । केहीबेर मौसम खुले पनि पर्सिसम्मै बदली र वर्षाको सम्भावना रहेको झाले जानकारी दिए ।

भोलि आइतवार पहाडी भेगमा र पर्सि सोमवार तराई भेगमा होली अर्थात फागु पूर्णिमा मनाईँदैछ । होलीमा रंग र अबीरसँगै पानीसमेत खेलेर रमाइलो गर्ने चलन छ । तर वर्षासँगै चिसो बढेकाले यसपालिको होलीमा पानी खेलेर रमाइलो गर्नेहरुलाई असर पर्ने भएको छ । काठमाण्डौसहित कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा रातिदेखि नै झरी परेको छ ।

आज र भोलि पनि पानीको सम्भावना छ ।