मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जब कपिलवस्तुमा मिलेर बस्ने ४२ जोडी सम्मानित भए

जब कपिलवस्तुमा मिलेर बस्ने ४२ जोडी सम्मानित भए

अपि टाइम्स

कपिलवस्तुमा । ५९ औं जातीय भेदभाव तथा रंगभेद उन्मूलन विरुद्धको दिवसको अवसर पारेर कपिलवस्तुमा ४२ जोडीलाई सम्मान गरिएको छ । जातीय सद्भाव कायम गर्दै भेदभाव शून्य कार्य गर्दै घरमा मिलेर बस्दै समाजमा समेत योगदान दिएको भन्दै उक्त जोडीहरुलाई सम्मान गरिएको हो ।

दलित अधिकार र हकहितका लागि निरन्तर क्रियाशील दलित सामाजिक विकास केन्द्र कपिलवस्तुले बिहीबार आफ्नै कार्यालय परिसरमा आयोजित जोडी सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुलाई जिन्सी सामग्री सहित सम्मानित गरिएको हो । संस्थाद्वारा सञ्चालित जीवन सुधार परियोजना अन्तर्गत गठन भएका ३२ समूहका जोडी र हाम्रो पहुँच परियोजनाका १० जोडीलाई सम्मान गरिएको थियो ।

आफ्नो घरमा कुनै विभेद नगरी छोरा छोरीलाई समान व्यवहार गरेको, भेदभाव नगरेको र श्रीमान् श्रीमती समेत मिलेर बसेको जोडीलाई सम्मान गरिएको संस्थाको निर्देशक रामशरण रैदासले बताए। जिल्ला समन्वय समितिका उप(प्रमुख रमेश कुर्मीले जोडिलाई सम्मान गर्दै सामाजिक कलंकको रुपमा रहेको जातीय विभेदलाई जरै देखि उन्मुलन गर्नुपर्नेमा जोड दिए।

उनले जातपातका कारण अझै पनि समाजमा धेरे समस्याहरू उत्पन्न भएकाले यसलाई निर्मूल पार्न सबैले प्रयास गर्नुपर्ने बताए।

पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले अझै पनि समाजमा जातीय विभेद र छुवाछुत कायम रहेकोले यसलाई हटाउन समाजका अगुवाहरू नै अग्रसर हुनु पर्ने बताए।उनले जातीय विभेद गर्नेलाई कानुन अनुसार कारबाही गर्नुपर्ने र समाजमा सचेतनाको कार्यक्रम ल्याउनुपर्ने बताए।

कार्यक्रममा संस्थाका निर्देशक रामशरण रैदासले कार्यपत्र समेत प्रस्तुत गरेको थिए ।संस्थाका अध्यक्ष सुरजमती पासिको अध्यक्षता, जिल्ला समन्वय समिति उपप्रमुख रमेश प्रसाद कुर्मीको प्रमुख आतिथ्यता रहेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा यशोधरा गाउँपालिकामा वडाध्यक्षहरु, कपिलवस्तु नगरपालिकाका वडाध्यक्षहरु, गैर सहकारी संस्था महासंघ कपिलवस्तु अध्यक्ष जयप्रकाश पाण्डे, नेपाल पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष किरणमान बज्राचार्य, संस्थाका कार्यक्षेत्र अन्तर्गतका महिला समुह सदस्य, सरोकारवालाहरु लगायतको उपस्थिति रहेको थियो ।