मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइपिएलः चेन्नईको विजयी सुरुवात

आइपिएलः चेन्नईको विजयी सुरुवात

अपि टाइम्स

काठमाडौँ। चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न उद्धघाटन खेलमा साविक विजेतासमेत रहेको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गरेको हो ।

बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो। चेन्नईका शिवम दुबेले अविजित रहँदै ३४ रन बनाए। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। रविन्द्र जडेजाले १७ बलमा १ चौकासहित अविजित रहँदै २५ रन बनाए।

उनीहरूबीच पाँचौँ विकेटका लागि ३७ बलमा ६६ रनको साझेदारी भएको थियो। बैंग्लोरका क्यामरून ग्रिनले सर्वाधिक २ विकेट लिए। यश दयाल र करण शर्माको नाममा १र१ विकेट रह्यो।

त्यसअघि एम चिदामबराम क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो।

चेन्नईका लागि रावतले २५ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। कार्तिक भने २६ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाउँदै अविजित रहे।