मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शितलकृष्णको गैरजिम्मेवार जवाफ, श्रीमती र मातापिता रोज्दा श्रीमती फालेँ

शितलकृष्णको गैरजिम्मेवार जवाफ, श्रीमती र मातापिता रोज्दा श्रीमती फालेँ

अपि टाइम्स

काठमाडौँ । ढोँगी प्रवचक शितलकृष्ण आचार्यले श्रीमतीसंग भएको विवादबारे गैरजिम्मेवार जवाफ दिएका छन् । केहिदिनदेखि विवादमा आएका शीतलकृष्णले सामाजिक संजाल फेसबुकमार्फत् श्रीमती स्विकृति भुसालले लगाएका सबै आरोप झुट्टा रहेको बताउँदै श्रीमतीले आमाबुबामाथि राम्रो ब्यावहार नगरेपछि आमाबुबा रोज्नुपर्ने स्थितिमा पुगेको बताए । त्यहि अनुसार जिल्ला अदालत नवलपुरमा डिभोर्स निवेदन दिएको र फैसलाको प्रतिक्षामा रहेको समेत भिडिओमार्फत् बताएका छन् । यो विषयमा अदालतमा रहेकोले धेरै नबोल्ने भन्दै भ्रममा नपर्न आग्रह गरे ।

यो जवाफले शीतलकृष्णको चौतर्फी आलोचना भएको छ । आमाबुबा रोज्ने नाममा विहे गरेर ल्याएकी श्रीमतीलाई कहाँ यसरी सजिलै फाल्न पाइन्छ ? के श्रीमती भनेका खेलौना हुन् ? भन्ने लगायतका प्रश्न गर्दै सामाजिक संजालमा उनको थुप्रै आलोचना भएको देखिन्छ । शितलकृष्ण ढोँगी भएको भन्दै यिनलाई हदैसम्मको कारबाही हुनुपर्ने महिला अभियान्ताहरु बताउँछन् ।
यता आमाबुबामाथि स्विकृतिले के त्यस्तो अपराध गरेकी थिइन् आएको छैन । विहे गरेपछि अरुसंग लागेर आफूलाई यातना र पीडा दिएको भन्दै पत्रकार सम्मेलन गरेर स्विकृतिले शितलकृष्णको कर्तुत सार्वजनिक गरेकी थिइन् ।