मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालले आज आयरल्याण्डसंग टी २० क्रिकेट खेल्ने

नेपालले आज आयरल्याण्डसंग टी २० क्रिकेट खेल्ने

अपि टाइम्स

काठमाडौं । आइसिसी ‘टी २०’ विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ।

नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि मैदानमा टी २० खेल खेल्नेछ। त्यसपछि यही टिमसँग नेपालको ‘ए’ टिमले चैत १५, १६ र १८ चैतमा टी २० खेल तथा २१, २३ र २५ चैतमा एकदिवसीय खेल खेल्नेछ।

सिनियर टिम भने मंगलबारको खेलपछि भारत भ्रमणमा जानेछ। गुजरातमा नेपालले बरोडा र गुजरातसँग २/२ वटा टी खेल खेल्ने तालिका छ।

सिनियर टिमले भारतमा खेल्दा नेपालको ‘ए’ टिमले नेपालमै आयरल्यान्ड्स ‘ए’ सँग तीन टी २० र तीन एकदिवसीय खेल्ने तालिका छ।

त्यसका लागि नेपाल क्रिकेट संघ क्यानले आइतबार टी २० र एकदिवसीय खेल खेल्ने टिम घोषणा गरेको थियो।