मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

होलीः कपिलवस्तुमा अविर, लोला र पिचकारीका रंग !

होलीः कपिलवस्तुमा अविर, लोला र पिचकारीका रंग !

अपि टाइम्स

कपिलवस्तु । तराईको महत्वपूर्ण तथा ऐतिहासिक जिल्ला कपिलवस्तुमा पनि रंग खेलेर होली मनाइदै छ । होली खेल्नको लागि बिहानैदेखि सदरमुकाम तौलिहवा र पालिकाका चोक र बजारमा मानिसहरु जम्मा भएका थिए । सानादेखि ठूला सबैले रंग र अबिरको पर्व होली सडक, चोक, गल्ली र घर–घरमा खेलिरहेको दृशय रमाइलो देखिन्थ्यो । बालबालिका, युवादेखि महिला र बुढापाका पनि सडकमा रमाउँदै होली खेल्दै रमाइलो गरेका थिए ।

चोकचोकमा संगीत बजाएर रमाइलो गर्ने उत्तिकै थिए । रंग र अबिरसँगै नाचगान गर्दै रमाउने समूह पनि सडकमा उस्तै थिए । बाटोबाटोमा ससाना नानी बाबुले बाटो छेकेर पैसा जम्मा गरेको देखिन्थ्यो भने उनीहरु पिच्किरी र लोलामा रमाइरहेका थिए । बजार र ग्रामीण क्षेत्र रंग, अविर, लोला र पिच कारीका रंगले रंगिएका छन् । बिहानैदेखि होलीका सामान पाइने पसलमा भिड थियो । तौलिहवा, प्रमुख व्यापारिक केन्द्र कृष्णनगर र चन्द्रौटा बजार होलीमय बनेको छ ।

यस्तै बाणगंगा नगरपालिकाको चार नम्बर, बनगाई, गजेहडा, शिवराजको चन्द्रौटा, बुद्धभूमिको इमिलिया र गोरुसिंगे लगायतका क्षेत्रमा होलीको रौनक देखिन्थ्यो । पालिकाका प्रमुख र जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी र बिभिन्न संघसंस्थाका ब्यक्तिले आपसमा होली खेलेर रमाइलो गरेका थिए । कपिलवस्तुका पत्रकारहरु पनि होलीमा रमाउन कुनै कसर बाँकी छाडेनन् ।

आपसी मित्रता र सद्भाव प्रगाढ बनाउन होली खलेर खुसीयाली साटासाट गरिएको अवधि लोककला विशेषज्ञ पशुपणी त्रिपाठीले बताए । होलीमा हुनसक्ने अमर्यादित क्रियाकलाप र दुर्घटनालाई मध्यनजर गर्दै प्रहरीले ठाउँठाउँमा जाँच गरेर सुरक्षा सुदृढ गरेको छ । तस्वीरः मनोज पौडेल