मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगाको मेयर कपः उपाधि भीडन्त आज, २ र ४ मा को बलियो ?

बाणगंगाको मेयर कपः उपाधि भीडन्त आज, २ र ४ मा को बलियो ?

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाले आयोजना गरेको पाँचौँ मेयर कपको उपाधि भिडन्त आज हुँदै छ । उपाधिको लागि वडा नम्बर ४ र २ भीँड्ने छन् ।

खेल बुद्ध रंगशाला ४ नम्बरमा दिउसो ३ बजे सुरु हुने छ । सेमिफाइनलसम्मका खेल हेर्दा दुवै टिम नै उत्कृष्ट देखिन्छन् । यद्यपी खेल कसको पक्षमा जान्छ हेर्न बाकी छ ।

वडा नम्बर १० लाई पराजित गरी फाइनल स्थान तय गरेको वडा नम्बर २ ले आज उपाधि जितेको खण्डमा तेश्रोपटक उपाधि जित्ने छ । दोश्रो र तेश्रो संस्करणको मेयर कप लगातार जितेको २ लाई गत बर्ष वडा नम्बर १ ले जितमा ह्याट्रिक गर्नबाट रोेकेको थियो ।

यद्यपी यसपटक तेश्रोपटक जित हासिल गर्ने गरी टोली मैदान उत्रने वडा अध्यक्ष विष्णु पौडेलले बताए । खेलाडीहरु उत्कृष्ट रहेकाले आफूहरुले नै जित्ने वडा अध्यक्ष पौडेलको दावी छ ।
लगातार खेल नियालिरहेका खेलप्रेमीका अनुसार वडा नम्बर २ को खेल रणनैतिक रुपमा ४ को भन्दा राम्रो छ । तर ४ को आक्रामक शैली रोक्न २ लाई हम्यहम्य हुन सक्छ ।

२ को रक्षापंतीले ४ को आक्रामक शैली रोकेको खण्डमा फेरि २ को पोल्टामा उपाधि जान सक्ने खेलप्रेमीहरु बताउँछन् । २ का गोल रक्षक र अग्रपंतीका खेलाडी राम्रा रहेको बताइन्छ । आफ्ना खेलाडी गोविन्द पालुङ्गे घाइते रहेकाले यसको दबाबमा २ हुने छ ।

यता साविक विजेता वडा नम्बर १ लाई पराजित गरी फाइनल स्थान सुरक्षित गरेको वडा नम्बर ४ थप उत्साहित छ । यसपटक खेल जितेर पहिलोपटक उपाधि जित्ने योजनामा आफूहरु रहेको वडा अध्यक्ष छवि रेश्मीले दावी गरे । पहिलोपटक उपाधि नजिक रहेकाले २ लाई रोक्न सबै प्रयास गरिरहेको रेश्मीको भनाई छ ।

फु्टवल खेलप्रेमी दर्शकका अनुसार वडा नम्बर ४ को खेल आक्रामक र तीव्र छ । ४ को आक्रामक प्रयासलाई २ को रक्षापंतीले रोक्न नसकेको खण्डमा ४ ले उपाधि जित्न सक्ने बताइन्छ । सेमिफाइनलमा २ नम्बर वडाका गोविन्द पालुङे घाइते भएका थिए । उनीउपचाररत छन् । आजको खेलमा ४ ले यसको भरपुर फाइदा उठाउन सक्छ । ४ को रक्षापंती राम्रो रहेकाले २ लाई ४ को पोष्टमा बल छिराउन कठिन हुन सक्ने खेलप्रेमीहरु बताउँछन् ।

नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनका अनुसार फाइनल खेलको विजेताले १ लाख रुपैयाँ नगद ट्रफी र प्रमाण पत्र पाउने छन् भने उपविजेताले ७५, तेश्रो र चौथो हुने टोलीले ३०३० हजार पुरस्कार पाउने छन् । बिभिन्न विधाका उत्कृष्ट खेलाडीले पनि पुरस्कार पाउने बताइएको छ । खेल रोमाञ्चक हुने भएकाले खेल हेर्न सबैलाई उनले अनुरोध गरेका छन् ।