काठमाडौँ। विराट कोहलीको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बैंगलुरूले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा पञ्जाब किंग्सलाई पराजित गरेको छ। सोमबार राति सम्पन्न खेलमा बैंगलुरूले पञ्जाबलाई ४ विकेटले पराजित गरेको हो।
बैंगलुरूको यो पहिलो जित हो। शुक्रबार सम्पन्न उद्धघाटन खेलमा साविक विजेता चेन्नई सुपर किंग्सले बैंगलुरूलाई ६ विकेटले पराजित गरेको थियो।
पञ्जाबले भने आफ्नो पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै सिजनको सुखद् शुरूआत गरेको थियो।
पञ्जाबले दिएको १७७ रनको लक्ष्य पछ्याएको बैंगलुरूले ४ बल बाँकी रहँदा ६ विकेट गुमाउँदै १७८ रन बनायो।
बैंगलुरूका विराट कोहलीले सर्वाधिक ७७ रन बनाए। ४९ बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे।
रजत पाटिदार १८ र अनुज रावत ११ रनमा आउट हुँदा दिनेश कार्तिक २८ र महिपाल लोमरोर १७ रनमा अविजित रहे।
ग्लेन मैक्सवेल, कप्तान फाफ डूप्लेसी र क्यामरून ग्रिन ३र३ रन बनाएर पेभिलियन फर्किए।
पञ्जाबका हरप्रीत बराडा र कगिसो रबाडाले २र२ विकेट लिए। हर्षल पटेल र साम करनको नाममा १र१ विकेट रह्यो।
त्यसअघि बैंगलुरूस्थित एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
पञ्जाबका कप्तन शिखर धावनले सर्वाधिक ४५ रन बनाए। उनले ३७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।
जितेश शर्मा २७, प्रभसिमरन सिंह २५,सैम कुरन २३, लियम लिविगस्टन १७ र जोनी बेयरस्टो ८ रनमा आउट भए।
शशांक सिंह २१ र हरप्रीत बरोडा २ रनमा अविजित रहे।
बैंगलुरूका ग्लेन मैक्सवेल र मोहम्मद सिराजले २र२ विकेट लिए। अल्जारी जोसेफ र यश दयालको नाममा १र१ विकेट रह्यो।
प्रतिक्रिया