मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एसिया कप क्रिकेटः भारत र पाकिस्तान रहेको समूहमा नेपाल

एसिया कप क्रिकेटः भारत र पाकिस्तान रहेको समूहमा नेपाल

अपि टाइम्स

काठमाडौं । आगामी ४ देखि १३ साउनसम्म श्रीलंकामा हुने एसिया कप महिला क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एकै समूहमा परेका छन् ।

श्रीलंकाको दमबुल्लाहमा हुने प्रतियोगितामा ८ समूह सहभागी छन् । जसमा नेपाल, भारत, पाकिस्तान र युएई समूह ए मा छन् भने बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड समूह बीमा छन् । यसअघि सन् २०२२ मा भएको एसिया कप महिला क्रिकेटमा ७ देश सहभागी थिए ।

यसअघि गत ४ फागुनमा एसीसी वुमन्स प्रिमियर कप २०२४ को दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली मलेसियासँग ४ विकेटले पराजित हुँदा एसिया कप खेल्ने अवसर गुमाएको थियो । तर एसीसीले एसिया कप खेल्ने टोली ८ बनाउँदै नेपाललाई मौका दिएको हो ।

नेपालले पहिलो खेल ४ साउनमा पाकिस्तानसँग खेल्नेछ ।