मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उनी भन्छन् ‘नेपाल प्रकृति संरक्षणको विश्व नेता हो’

उनी भन्छन् ‘नेपाल प्रकृति संरक्षणको विश्व नेता हो’

अपि टाइम्स

काठमाडौं । नेपाल प्राकृतिक संरक्षणको क्षेत्रमा विश्वकै नेता भएको बेलायती हाउस अफ लर्डका सदस्य राल्फ विलियम रोबर्ट थोमस स्टोनरले बताएका छन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले काठमाडौंमा आयोजना गरेको एक संवाद कार्यक्रममा स्टोनरले भने, ‘विश्वको संरक्षण क्षेत्रमा नेपाल विश्वको नेता हो । यो स्वाभाविक प्राप्ति होइन ।’

उनले संरक्षण क्षेत्रमा सरकार, सुरक्षा निकाय, संरक्षणकर्मी सबैको योगदान भएको भन्दै प्रशंसा गरे । उनले सन् १९५८ मा आफ्ना पितासँग बालकको रुपमा नेपाल आएको र पहिलो साथी पशुपति शमशेर राणा भएकोसमेत बताए ।

आफूलाई एक समय बिरामी हुँदा नेपाली सेनाले उद्धार गरेको सुनाउँदै स्टोनरले आफूले अन्नपूर्ण संरक्षण क्षेत्रमा काम गरेको स्मरण गरे ।

स्टोनर परिवारसहित नेपाल आएका छन् । उनी केही दिन अन्नपूर्ण क्षेत्रमा पनि पुग्ने नेपाल प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले नेपाल प्रेसलाई जानकारी दिए ।

उनले भने, ‘उहाँ प्रकृति संरक्षण कोषको बेलायत शाखा प्रमुख पनि हुनुहुन्छ । बेलायती हाउस अफ लर्डका सदस्य, एक संरक्षणकर्मी र नेपालप्रेमीको रुपमा उहाँको पहिचान छ ।’