मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लितौराकोट गोल्डकपमा ७ खेल, उद्घाटनमा थ्रीस्टारसंग कपिलवस्तु ११ भीँड्ने

लितौराकोट गोल्डकपमा ७ खेल, उद्घाटनमा थ्रीस्टारसंग कपिलवस्तु ११ भीँड्ने

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने
कपिलवस्तु । चैत्र १७ गतेदेखि बाणगंगाको बुद्ध रंगशालामा सुरु हुने ‘प्रथम कपिलवस्तु (तिलौराकोट) गोल्डकप’ को खेल तालिका सार्वजनिक भएको छ । आयोजक कपिलवस्तु फुटवल संघले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । संघका अनुसार प्रतियोगितामा जम्मा ७ वटा खेल हुनेछन् । त्यसमा पहिलो चरणका ४, सेमिफाइनलका २ र फाइनल गरी ८ खेल हुने छन् ।

नकआउट चरणको पहिलो उद्घाटन खेलमा आयोजकको तर्फबाट कपिलवस्तु ११ ले ए डिभिजन क्लव थ्रीस्टारसंग १७ गते प्रतिस्पर्धा गर्ने छ । यस्तै चैत्र १८ गते मछिन्द्र एफसी र हुनामनी बिएफसी चितवनले प्रस्पार्धा गर्ने छन् ।
१९ गते नेपाल पुलिस क्लवले साहरा क्लव पोखरासंग खेल्दा २० गते त्रिभुवन आर्मीसंग सुदुरपश्चिम ११ ले प्रतिस्पर्धा गर्ने छन् । २१ र २२ गते सेमिफाइनलका खेल हुने छन् भने चैत्र २४ गते फाइनल खेल हुनेछ । हरेक खेल दिउसो ३ बजेबाट सुरु हुने संघका अध्यक्ष तिलक थापाले बताए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ शिल्ड, मेडल र प्रमाण पत्र पाउनेछन् ।