मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वमा ८० करोड मानिस भोकै, हरेक दिन एक अर्ब डलर बराबरको खाना खेर

विश्वमा ८० करोड मानिस भोकै, हरेक दिन एक अर्ब डलर बराबरको खाना खेर

अपि टाइम्स

काठमाडौँ । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने गरेको पाइएको छ । संयुक्त राष्ट्रसङ्घले खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । झण्डै ८० करोड मानिस भोकै बस्न बाध्य रहेको अहिलेको समयमा घर र व्यवसायहरूले वार्षिक १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना खेर फालेको वा थन्काएर राखेको राष्ट्रसङ्घको फुड वेस्ट इन्डेक्स प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सन् २०२२ मा बजारमा उपलब्ध सबै उत्पादनहरूको झण्डै २० प्रतिशत अर्थात एक अर्ब टनभन्दा बढी खाना खेर गएको थियो । यसमा धेरैजसो खाना घरहरूबाट खेर गएको हो ।

राष्ट्रसङ्घीय पर्यावरण कार्यक्रम ९यूएनइपी० का कार्यकारी निर्देशक इन्गर एन्डरसनले खानाको नोक्सानी विश्वव्यापी त्रासदी भएको र यस्तो प्रकारको नोक्सानी नैतिकमात्र नभएर ‘पर्यावरणीय असफलता’ भएको बताउनुभएको छ ।

खानाको नोक्सानीले पृथ्वीको तापक्रम बढाउने उत्सर्जनको पाँच गुणा उत्पन्न गर्ने प्रतिवेदनमा उल्लेख छ ।