मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएलको एउटै खेलमा ५ सय २३ रनको दुर्लभ किर्तिमान

आईपीएलको एउटै खेलमा ५ सय २३ रनको दुर्लभ किर्तिमान

अपि टाइम्स

काठमाण्डौ । इन्डियन प्रिमियर लिग, आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई हराएको छ । विभिन्न कीर्तिमान बनेको खेलमा हैदराबादले मुम्बईलाई ३१ रनले हराएको हो । हैदरावादले दिएको २ सय ७८ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४६ रन बनायो । मुम्बईका तिलक वर्माले सर्वाधिक ६४ रन बनाए ।

यस्तै टिम डेभिडले ४२, ईशान किसनले ३४, नमन धिरले ३० र रोहित शर्माले २६ रन बनाए । हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले समान २र२ विकेट लिए । यसअघि घरेलु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय ७७ रन बनायो ।

आईपीएल क्रिकेटमा यो अहिलेसम्मकै धेरै रन हो । यसअघि रोयल च्यालेन्जर्स बैंगलोरले २०१३ मा पुने वारियर्स इन्डियासँग बनाएको २ सय ६३ रनको कीर्तिमान पनि हिजो हैदरावादले तोेडेको छ । दुवै इनिङ्समा गरेर हिजो ५ सय २३ रन बनेको छ, यो पनि अर्को कीर्तिमान हो । खेल विश्लेषकहरुका अनुसार यो दुर्लभ किर्तिमान हो । यो रेकर्ड भङ्ग गर्न निकै समय लाग्न सक्ने बताउँछन् । यद्यपी रेकर्ड ब्रेक हुनकै लागि बन्ने भएकाले असम्भव पनि नभएको बताइन्छ ।

हिजो हैदरावादका लागि हेनरिक क्लासेनले ३४ बलमा ४ चौका र ७ छक्का सहित सर्वाधिक ८० रन बनाए । यस्तै अभिषेक शर्माले ६३ र ट्रेभिस हेडले ६२ रन बनाए । यो आईपीएलमा हैदरावादको पहिलो जित हो भने मुम्बईको लगातार दोस्रो हार हो । आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले खेल्दैछन् ।