मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनकामना संस्कृत विद्यापीठबाट १९ जना बटुक एसईईमा सहभागि

मनकामना संस्कृत विद्यापीठबाट १९ जना बटुक एसईईमा सहभागि

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरस्थित मनकामना संस्कृत विद्यापीठबाट १९ बटुकहरु एसईईमा सहभागि भएका छन् ।

विद्यापीठका प्रधानाध्यापक कृष्ण प्रसाद पोख्रेलका अनुसार उनीहरुले विहिबार अंग्रेजी विषयको परीक्षा दिएका हुन् । बालमावि वैरिया केन्द्र पाएका उनीहरुले अंग्रेजी विषयको परीक्षा राम्रो गरेका प्रअ पोख्रेलले अपिटाइम्सलाई जानकारी दिए ।
बटुकहरुले नेपाली, गणित र अंग्रेजी विषयको परीक्षा सामुदायिक विद्यालयका विद्यार्थीसरह दिने छन् भने वेद, संस्कृत भषा, ऐच्छि प्रथममा कर्मकाण्ड र ऐच्छिक दोश्रोमा संस्कृत ब्याकरणको परीक्षा गुरुकुलमको पाठ्यक्रम अनुसार दिने प्राधानाध्यापक पोख्रेलले बताए ।

विद्यापीठले बाणगंगा नगरपालिकाबाट उच्च माध्यमिक तह सम्मको सम्बन्धन प्राप्त गरेको छ । अहिले कक्षा १२ मा १० जना विद्यार्थी अध्ययनरत छन् ।