मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘पारस बालक’ जसले दिए कपिलवस्तु बालगृहबाट एसईई

‘पारस बालक’ जसले दिए कपिलवस्तु बालगृहबाट एसईई

अपि टाइम्स

कपिलवस्तु । कपिलवस्तु नगरपालिका तौलिहवास्थित बालगृहबाट यसपटकको एसईईमा मात्र एक जना विद्यार्थी सहभागि भएका छन् । गत बर्ष ५ जना विद्यार्थी सहभागि रहेकोमा यसपटक एक पारस बालक नाम गरेका विद्यार्थीले एसईई दिएका हुन् । बालगृहका कार्यालय प्रमुख राम प्रसाद अर्यालले अपिटाइम्सलाई दिएको जानकारी अनुसार १६ बर्षिय पारसले बुद्धपद्मा माविबाट परीक्षा दिइरहेका छन् ।

मध्यम स्तर भएका पारसले अंग्रेजी विषयको परीक्षा राम्रै दिएको अर्यालले बताए । ‘पारसको थर र ठेगाना अहिलेसम्म पहिचान नभएकाले उनको नाम नै पारस बालक राखिएको छ’, कार्यालय प्रमुख अर्याल् भन्छन् ‘प्रवेश पत्रमा पनि उनको त्यहि नाम छ ।’ बालगृहमा बस्न थालेको बर्षौ भए पनि पारसलाई भेट्न अझैसम्म कोहि नआएको अर्यालले जानकारी दिए । उनी बालगृहमा बस्न थालेको ९ बर्ष भइसकेको प्रमुख अर्यालले बताए ।

अब अर्को साल एसईई दिने बालबालिका नरहेका र त्यसपछि भने चार जना परीक्षााको लागि तयार हुने उनको भनाई छ । बालगृहमा अहिले २८ जना बालबालिकाले आश्रय लिइरहेका छन् ।