मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनिताको सुसाइड नोटः प्रहरीका कारण मर्न बाध्य भएँ

मनिताको सुसाइड नोटः प्रहरीका कारण मर्न बाध्य भएँ

अपि टाइम्स

कपिलवस्तु । प्रहरीले आफ्ना अभिभावकको कुरै नसुनेर दोषी करार गरेको आरोप लगाउँदै एक युवतीले सुसाइड नोट लेखेर आत्महत्या गरेकी छिन् । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ३ पडसडा निवासी मनिता चौधरीले घरायसी बिवादमा प्रहरीले आफुलाई दोषी ठानेको भन्दै आत्महत्या गर्न बाध्य भएको सुसाईड नोटमा लेखेकी हुन् ।

जग्गा बिवादमा आफ्ना बुबाका दाजुभाईमा ठुलोबुबा र उनकी बुहारीले आफु र आफ्ना बुबाआमालाई गालीगलौच र हातपात गरेको भन्दै आत्मसम्मान गुमाउन पुगेको ठहर गर्दै उनले आत्महत्या गरेको उनकै सुसाइड नोटमा लेखेकी छिन् ।

एउटा कागजको पानामा ‘म आत्महत्या गर्न गईरहेछु, म मनिता चौधरी मर्नुको पछाडि मेरे घरको मान्छेको केहो दोष छैन्, मेरो ठूलो बुबा९प्रभुदयाल चौधरी र उनको बुहारी उषा कुर्मीको दोष छ । मेरो केही गल्ती नभएपनि मलाई दोष ठहराएकी छिन् । पुलिसले पनि मेरो आमा बुबाको कुरा सुन्नेन् । बुवाले, चौकीमा उजुरी नदिनु भएको कारणले पुलिस हाम्रो घरलाई दोष ठान्यो । उषाले पहिला मेरो आमाको हात समातेर तिमीलाई बाटोमा लगेर कुट््छु भनीन्, त्यसपछि मैले पनि उषाको हात समाते, त्यसपछि उषाले मेरो र आमाको कपाल समाइन् ।’

उनले लेखेको सुसाइड नोटमा थप लेखेकी छिन्, ‘उषाले भनिन्, सबै कुरा गल्तीको सुरुवात मैले गरेको हो । त्यो मलाई स्वीकार छैन् । हाथापाईको सुरुवात पनि उषाले गरेकी हुन्, हामीले निवेदन नदिएकै कारणले पुलिसले हामीलाई दोषी भनेको छ । कोही निवेदन नदिदैमा दोषी हुन्न हजुर, कमसेकम घटनाको सत्य सम्म पुगी फैसला सुनाउनुहोस् ताकि पीडितले न्याय पाउन ।’

मनिताले आफु जस्तो अन्यायमा कोही मर्न नपरून् भनेर लेखेकी छिन् । उनले आफ्नो सुसाइड नोटमा आफ्नो मृत्युको कारण आफ्नो ठुलोबुबा प्रभुदयाल चौधरी र उनकी बुहारी उषा कुर्मी रहेको उल्लेख गरेकी छिन् । आफ्नो आत्मसम्मान गुमाउन भन्दा मर्नु ठिक ठान्दै उनले आत्महत्या गरेको देखिएको छ ।

यता, कपिलवस्तुका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ९डीएसपी० हरि बहादुर वलीले आफु घटनास्थलमै रहेको र अनुसन्धान जारी रहेको जानकारी दिए । घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ ।

मायादेवी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष शैलेन्द्र यादवले घटनाको कारण नै नितान्त पारिवारीक रहेको बताएका छन् । केहि दिन अघि मात्रै मृतकको परिवारमा जग्गा बिवाद देखिएकोले छलफल समेत भएको बताए ।

मनिता कपिलवस्तु बहुमुखी क्याम्पस बिएड चौथो बर्षमा अध्ययनरत बिद्यार्थी हुन् । क्याम्पसका अधिकांश बिद्यार्थीहरुले मनिताको मृत्युको कारण छ्टिै पत्ता लगाई दोषीलाई कारवाहीको माग गरेका छन् ।