कपिलवस्तु । नेपाली काँग्रेशका महामन्त्री गगन थापा भोलि कपिलवस्तु आउने भएका छन् । संवाद यात्राको अभियान सुरु गरेका थापाले शुद्धाशन गाउपालिकामा त्यहाँका नागरिकसंग संवाद गर्ने र नेता कार्यकर्तालाई भेट्ने कार्यक्रम रहेको छ ।
शुद्धोदनको कार्यक्रम विहान ८ बजे तोकिएको छ भने उनले दिउसो ११ बजे मायादेवीको पकडी, १ बजे महाराजगंज र ४ बजे चन्द्रौटामा कार्यक्रम रहेको पार्टीका सचिव शक्ति सिंह ठकुरीले बताए ।
त्यसपछि थापा नवलपरासी प्रस्थान गर्ने कार्यक्रम रहेको उनले बताए ।
प्रतिक्रिया