मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युनाइटेड हस्पिटलमा निशुल्क कृत्रिम खुट्टा राख्ने शिविर कहिले हुँदै छ ?

युनाइटेड हस्पिटलमा निशुल्क कृत्रिम खुट्टा राख्ने शिविर कहिले हुँदै छ ?

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

काठमाडौँ । दुर्घटनाले होओस् अथवा अन्य कारणले हात खुट्टा लगायतका अङ्ग गुमाएका मानिसहरूको जीवन अत्यन्त कष्टकर हुने गरेको देख्न पाइन्छ।

तर त्यही कष्टकर जीवनलाई केही हदसम्म भए पनि मानव निर्मित अङ्गको प्रयोगले सहज बनाइदिएका उदाहरण कैयौँ भेटिन्छन् । प्रविधिको विकास हुँदै जाने क्रममा अहिले नेपालमा पनि कृत्रि खुट्टा निशुल्क राख्ने बिभिन्न कार्यक्रम भइरहेका छन् ।

यहि सन्दर्भमा कपिलवस्तुमा पनि पहिलोपटक कृत्रिम खुट्टा राख्ने शिविर हुने भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ ठाकुरापुरस्थित युनाइटेड नेश्नल हस्पिटलमा चैत्र २३ गते शुक्रबार शिविर हुन लागेको हो ।

अस्पताल र ‘दि लेप्रोशी मिसन आनन्दवन अस्पताल काठमाडौँ’ को संयुक्त आयोजनामा शिविर हुन लागेको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले अपिटाइम्सलाई जानकारी दिए ।

उनका अनुसार विहान १० बजेदेखि सुरु हुने शिविरमार्फत् खुट्टामा भएका समस्या, कुष्ठरोग तथा सुगर लगायतका कारण खुटटमा घाउ भएका तथा खुट्टा नभएकाको लागि जाँच गर्ने तथा कृत्रिम खुट्टा हालिने छ । बिभिन्न कारणले खुट्टा गुमाएकाको लागि यो धेरै ठुलो मौका रहेको आचार्यले बताए ।

शिविरको दिन गम्भरि घाउ भएकाको लागि सर्जरी लगायतको उपचार हुने र खुट्टा हाल्नुपर्ने भएकाको नाप लिने काम हुने प्रमुख आचार्यले बताए । उनका अनुसार यी कुनै पनि कार्य गर्न शुल्क लाग्दैन । नाप लिइसकेपछि फेरि एक कार्यक्रमकाबीच कृत्रिम खुट्टा राख्ने कार्यक्रम हुने उनले बताए । शिविरको दिन सुगर सर्जन लगायतका विशेषज्ञ डाक्टर आउने आचार्यको भनाई छ ।

अस्पतालका अध्यक्ष मुनाराम चालिसेले अस्पतालमा थप सेवा सुविधा थपिँदै गएको बताए । आगामी दिनमा अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउने उनको दावी छ ।

यस क्षेत्रमा पहिलोपटक विशेष खालको शिविर राखिएकाले यसको फाइदा लिन आचार्यले अनुरोध गरे । युनाइटेडले बिभिन्न समयमा यस खालका शिविर आयोजना गर्दै आइरहेको छ ।