काठमाडौँ । भोलिबाट सुरु हुन लागेको प्रथम कपिलवस्तु(तिलौराकोट) गोल्डकपको उद्घाटन भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गर्ने भएका छन् । बुद्ध रंगशालामा दिउसो २ बजे मन्त्री अधिकारीले गोल्डकपको उद्घाटन गर्ने आयोजक कपिलवस्तु फुटवल संघका अध्यक्ष तिलक थापाले बताए ।
यस्तै गोल्ड कपको समापन भने पूर्व बालबालिका तथा समाज कल्याण मन्त्री सुरेन्द्रराज आचार्यले गर्ने तय भएको थापाले बताए । खेलको समापन चैत्र २४ गते हुने छ । उद्घाटन खेलमा आयोजकको तर्फबाट कपिलवस्तु ११ र थ्रीस्टार क्लवले प्रपतस्पर्धा गर्ने संघले जनाएको छ ।
जिल्लामा पहिलोपटक आयोजना गरिएको यो नै फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हो । प्रतियोगितामा ए डिभिजनका थ्रीस्टार, मछिन्द्र्र, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले सहभागिता जनाएका छन् भने मोफसल बाहिरका कपिलवस्तु ११ सहितका टिमले भाग लिँदैछन् । विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेता टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छन् ।
प्रतिक्रिया