मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तय भयो एमाले कपिलवस्तुको अधिवेशन मिति, को बन्ला अध्यक्ष ? (नामसहित)

तय भयो एमाले कपिलवस्तुको अधिवेशन मिति, को बन्ला अध्यक्ष ? (नामसहित)

अपि टाइम्स

काठमाडौँ । नेकपा (एमाले) कपिलवस्तुको जिल्ला अधिवेशन मिति तय भएको छ । शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख २९ र ३० गते अधिवेशन गर्ने निर्णय गरेको हो । जिल्ला अधिवेशन हुने भएपछि पालिका तथा जनसंगठनको अधिवेशन जेष्ठ मसान्त भित्र सम्पन्न गर्नुपर्ने सचिवालय वैठकको निर्णय छ ।

अधिवेशनमा महिलालाई ३३ प्रतिशत, युवाको १५ प्रतिशत प्रतिनिधीत्व अनिवार्य गर्ने गरी तयारी गर्न निर्देशन दियो । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

वैठकलाई पोलिट ब्यूरो सदस्य एवम् कपिलवस्तु इन्चार्ज खिमलाल भट्टराईले सम्बोध गरेका थिए । सम्बोधनका क्रममा उनले जिल्ला नेतृत्व सर्वसम्मत चयन गर्न आग्रह गरे ।

वैठकले केन्द्रिय सदस्य बलराम अधिकारी नेपाल सरकारको भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभेच्क्षा ब्यक्त गरेको छ ।
वैठकमा जिल्ला अध्यक्ष डम्मर शर्माले कार्य सूची प्रस्तुत गरेका थिए । अधिवेशनमा करिव ६ सय प्रतिनिधीहरु सहभागि रहने नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।

यसैबीच आगामी नेतृत्वको लागि जिल्लामा सर्वसम्मतिको प्रयास हुने बताइएको छ । अध्यक्षको लागि बर्तमान अध्यक्ष डम्बर शर्मा, पुराना नेता कृष्ण पौडेल र संविधान सभा सदस्य विश्राम चौधरीको चर्चा छ ।

श्रोतका अनुसार पुनः शर्मा नै अध्यक्ष बन्ने सम्भावना छ । एमालेका एक नेताका अनुसार चर्चा जजसको भए पनि अन्तिममा शर्मा सर्वसम्मत चयन हुनेछन् । यद्यपि चौधरी र पोडेलले पनि अध्यक्षको लागि अन्तिमसम्म प्रयास गर्न सक्ने बताइन्छ ।
चुनाव हुँदा गुटउपगुट सिर्जना हुने भएकाले सर्वसहमतिको प्रयासमा सबै लाग्न नेताकार्यकर्ताको जोड छ ।