मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्रम स्वीकृति सेवा तीन शिफ्टमा, राति ९ देखि बिहान ४ बजेसम्म पनि सेवा

श्रम स्वीकृति सेवा तीन शिफ्टमा, राति ९ देखि बिहान ४ बजेसम्म पनि सेवा

अपि टाइम्स

काठमाण्डौ । वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन ुशिफ्टु मा काम थालेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन ुशिफ्टु मा सेवा दिन थालिएको हो । यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो । कार्यालयका ५७ जना कर्मचारीलाई आलोपालो गरी व्यवस्थापन मिलाइएको महानिर्देशक घिमिरेले जानकारी दिए ।

उनका अनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइनेछ । नयाँ र पुनः श्रम स्वीकृति गरी अहिले दैनिक दुई हजार पाँच सय जनासम्मलाई श्रम स्वीकृति दिने गरेको महानिर्देशक घिमिरेले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी व्यवस्थापन गर्न निर्देशन दिएपछि कार्यालयले श्रम स्वीकृति दिने सेवा दुई शिफ्ट बाट तीन शिफ्ट मा विस्तार गरेको हो ।

कार्यालयले अहिले अनलाइन फारम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि अनलाइन प्रणाली खुला गर्दा चाप धेरै पर्ने गरेको र त्यसले प्रणालीमा समस्या हुँदा टोकन लिन नै सास्ती हुने गरेको गुनासो आएको कार्यालयका निर्देशक एवम् सूचना अधिकारी कल्पना मास्केले बताए ।