मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थ्रीस्टारसंग यसकारण हार्‍यो कपिलवस्तु ११, निरास घरेलु दर्शक

थ्रीस्टारसंग यसकारण हार्‍यो कपिलवस्तु ११, निरास घरेलु दर्शक

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने

कपिलवस्तु। कपिलवस्तु ११ लाई ३ शुन्य गोल अन्तरले पराजित गर्दै काठमाडौँको थ्रीस्टार क्लव प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० को सेमिफाइनमा पुगेको छ।

बाणगंगास्थित बुद्ध रंगशालामा शनिबार भएको उद्घाटन खेलमा ए डिभिजन क्लव थ्रीस्टारसंग कपिलवस्तु पराजित भएको हो । कपिलवस्तु हार्दा रंगशाला पुगेका सयौँ दर्शक निरास भए ।

थ्रीस्टारका लागि निरज चौधरीले २ गोल गरे भनेदिपेश घलेले एक गोल गरे । २ गोल पहिलो हाफमा भएको थियो भने एक गोल दोश्रो हाफमा भयो । पहिलो हाफको ३२औँ मिनेटमा निरजले पहिलो गोल गर्दा त्यसको ३ मिनेटपछि दिपेशले गोल गरी अग्रता दोब्बर बनाएका थिए । दोश्रो हाफको ६३औँ मिनेटमा निरजले नै व्यक्तिगत दोस्रो गोल गरेपछि कपिलवस्तुको जितो सम्भावना टरेको थियो । खेलको म्यान अफ दी म्याच निरज नै भएका थिए । थ्रीस्टारको कप्तानी भने राष्ट्रिय फुटवल टिमका पुर्व कप्तान विराज महर्जनले गरेका थिए ।

कपिलवस्तु हार्नुको मुख्य कारण टिममा कम्बिनेसनको अभाव रह्यो । २ विदेशी खेलाडी भए पनि बिभिन्न क्षेत्रबाट खेलाडी बटुलेर खेलाउँदा उनीहरुमा टिमववर्क राम्रो नदेखिएको खेलप्रेमी दर्शक बताउँछन् । केहि दिन खेलाडीबीच अभ्यास भएको भए पनि खेल राम्रो हुन सक्दथ्यो दर्शकहरु भन्छन् । कपिलवस्तुबाट विदेशी खेलाडी मुसाले पटकपटक गोलको प्रयास गरेका थिए तर थ्रीस्टारका खेलाडीबाट घेरिँदा उनले गोलको मौका पाउन सकेनन् । मुसासंग पासिङ खेल्ने खेलाडीको कम्बिनेसन हुन नसक्दा खेल खल्लो देखिन्थ्यो ।
ए डिभिजन क्लवसंग मध्यम स्तरको खेल पस्केको कपिलवस्तुको विहानसम्म पनि कप्तानको टुङ्गो थिएन । दिउसो मात्र जर्सी नम्बर १० का खेलाडी सञ्जु सेनले कप्तानीको जिम्मेवारी पाएका थिए । यसबाट पनि कपिलवस्तुको तयारी राम्रो थिएन भनेर अनुमान गर्न सकिन्छ ।
अग्रपंतिमा मुसा र रक्षा पंतीमा ओस्कारले सम्हाल्न खोजे पनि अरु खेलाडीको प्रदर्शन सम्झन लायक रहेन । खेलमा निरन्तर दबाबमा रहेको कपिलवस्तुका लागि केहि अवसर सिर्जना भए पनि गोलमा परिणत हुन भने सकेन । ३ खेलाडीबाहेक अरु स्थानीय स्तरका खेलाडी रहेकाले उनीहरुको प्रदर्शन राम्रै भएको कतिपयको भनाई छ । खेल हेरेर बाहिरिएका कतिपय दर्शकले अपेक्षा गरे अनुसार खेल देख्न नपाएको गुनासो गरेका छन् ।

कपिलवस्तु ११ भन्दा थ्रीस्टारको टिमवर्क धेरै राम्रो देखिएको थियो । तराईको गर्मी ठाउँमा खेल हुँदा मौसमका कारण खेल्न केहि समस्या भएको थ्रीस्टारका खेलाडीले बताएका थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन्।