मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाको अर्घाखाची-काठमाडौँ सम्पर्क विभाग गठन, प्रमुखमा पराजुली

रास्वपाको अर्घाखाची-काठमाडौँ सम्पर्क विभाग गठन, प्रमुखमा पराजुली

अपि टाइम्स

काठमाडौँ । सन्धिखर्क निवासी सिता पराजुली प्रमुख संयोजक रहने गरी राष्ट्रिय स्वतन्त्र पार्टीको अर्घाखाची काठमाडौँ सम्पर्क विभाग गठन भएको छ । अर्घाखाचीका बिभिन्न ठाउँबाट काठमाडौँलाई कर्मथलो बनाएर बिभिन्न पेशा, ब्यवसायमा जोडिएका पार्टीका सदस्यहरुको सक्रियतामा विभाग गठन भएको हो ।

जसको उपप्रमुखमा शितगंगाका पुष्कर भण्डारी र सचिवमा शितगंगाकै प्रकाश बेलबासे सर्वसम्मत चयन भएका रास्वपाका नेता जनक भुसालले बताए । उनका अनुसार घनश्याम पौडेल, कौशिला पाण्डे, पोख्रेल, विशालजंग क्षेत्री, शंकर भुसाल, विष्णु प्रसाद पाण्डे, खिम बहादुर क्षेत्री, मदन रायमाझी र अर्जुन कुँवर सदस्य चयन भएका छन् ।
विभागको काम कारबाहीलाई चुस्तदुरुस्त बनाउन सल्लाहाकार समिति पनि गठन भएको छ । जसमा शंकर पौडेल, होम बहादुर क्षेत्री, धर्मराज पौडेल, जनक भुसाल र मुकुन्द भट्टराई रहेका विभागले जनाएको छ ।

विभागमार्फत् पार्टीको अभियानलाई अघि बढाउने र जिल्लाको विकासमा काम गर्ने प्रमुख सिता पराजुलीले बताइन् । यसअघि स्थानीय तहकेन्द्रित विभाग भए पनि अहिले गठन भएको विभागले समग्र अर्घाखाची जिल्लाभरकै विकासमा काम गर्ने उनले बताइन् ।
पार्टीको विधान अनुसार विभाग बनाइएको भन्दै अरुलाई पनि समेटेर जाने पराजुलीलीको भनाई छ ।