मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रेशम चौधरीले विपक्षी नेतालाई कुट्ने र हत्या गर्न सक्ने धम्की दिएकै हुन् ?

रेशम चौधरीले विपक्षी नेतालाई कुट्ने र हत्या गर्न सक्ने धम्की दिएकै हुन् ?

अपि टाइम्स

काठमाडौं । नागरिक उन्मुक्तिका केन्द्रीय सदस्य रमेश विश्वकर्माले पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छौँ भन्दै कुट्ने र हत्या गर्ने धम्की दिएको दाबी गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीको बैठकमा कुटिएपछि नेता विश्वकर्माको पत्रकार सम्मेलन आफूहरूको हत्या गर्नेसम्मको धम्की चौधरीबाट आएको बताए।

उनले भने गठबन्धनको सरकारमा जाने नजाने भन्ने विषयमा हामीले तीन सदस्य वार्ता टोली बनाएका छौँ। त्यसमा दामोदर पण्डित पनि हुनुहुन्छ। सरकार गठनको विषयमा छलफल गर्न प्रधानमन्त्री भेट्न बालुवाटार जाने भन्दा उहाँले म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छौँ भन्नुभएको थियो।यो विवाद केन्द्रीय कमिटी र अनौपचारिक छलफलमा पनि सुरु भएको थियो। उहाँले यहाँभन्दा अगाडि २५ २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ, अवैधानिक पत्र दिएर तीनलाई केन्द्रीय सदस्य त बनाउनुभयो। निर्वाचन आयोगमा अध्यावधिक गराउन त जानुभएन त्यहाँ पार्टी चुक्यो कि चुकेन त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाएपछि उहाँहरूले भौतिक आक्रमण गरे।

उनले आज भौतिक आक्रमण भएकोप्रति डर नभए पनि हिजो चौधरीले सुदूरपश्चिम सरकार ढल्यो भने चार जनाको हत्या हुनसक्ने चेतावनी दिएको सुनाए।

उनले पार्टीका नेताहरुको केही घटनामा परेर मृत्यु हुने, कुनै दुर्घटनामा पर्ने वा कसैले हत्या गर्यो भने सबै दोष नेता चौधरीकै हुने बताए।