मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुलिस सेमिफाइनलमा, आज आर्मी र सुदुरपश्चिम ११ भीँड्ने

पुलिस सेमिफाइनलमा, आज आर्मी र सुदुरपश्चिम ११ भीँड्ने

अपि टाइम्स

कपिलवस्तु। खेलको ५७औँ मिनेटमा पाएको पेनाल्टाीमा चुक्दा साहारा क्लव पोखरा नेपाल पुलिससंग पराजित भएको छ । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सोमबारको खेलमा पुलिससंग १ शुन्य गोल अन्तरले पराजित भएको हो ।

पुलिसमाथि दबाब सिर्जना गरे पनि साहाराले गोल गर्न सकेको थिएन । पहिलो हाफ बराबरीमा सकिएपछि दोश्रो आफको तेश्रो मिनेटमै पुलिसले १ शुन्यको अग्रता लिन सफल भयो । पृथ्वी चौधरीको पासमा जर्सी नम्बर २५ का शिरि चौधरीले पुलिसको लागि गोल गरे । संघर्षपूर्ण खेलमा पुलिसले १ गोलले पछि परेको अवस्थामा ५७ औँ मिनेटमा पुलिसले पेनाल्टी पायो तर सुशिल लामा पेनाल्टीमार्फत् गोल गर्न चुके । त्यहि अवसर खेर जाँदा उपाधि चुम्ने सपना बोकेर आएको पोखरा निरास हुँदै घर फर्कन बाध्य भयो ।

पुलिसले अब फाइनल प्रवेशका लागि थ्रीस्टार क्लबसँग २१ गते प्रतिस्पर्धा गर्नेछ । खेलको म्यान अफ दी म्याच पुलिसका सञ्जित श्रेष्ठ भए। उनले गाय छाप डिटरजेन्ट पाउडरको तर्फबाट १० हजार रुपैयाँ प्राप्त गरे। यस्तै
क्वार्टरफाइनलको अन्तिम खेलमा मंगलबार विभागीय टोली त्रिभुवन आर्मी र सुदूरपश्चिम–११ भिड्ने छन्। यस खेलको विजेताले फाइनल प्रवेशका लागि हानामी बीएफीसँग २२ गते खेल्ने छ।फोटोः जानु पाण्डेबाट