मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलौराकोट गोल्डकपः सेमिफाइनल समिकरण पुरा, भोलिदेखि खेल

तिलौराकोट गोल्डकपः सेमिफाइनल समिकरण पुरा, भोलिदेखि खेल

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुमा संचालित प्रथम तिलौराकोट गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । मंगलबार भएको क्वाटरफाइनलमा सुदुरपश्चिम ११ ले त्रिभुवन आर्मीलाई पराजित गरेसंगै सेमिफाइनल पुग्ने ४ टोली ‘ए डिभिजनका २ र मोफसलका २ टिम’ को टुङ्गो लागेको हो ।

मंगलबार सुदुरपश्चिमले आर्मीलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्ने प्रयास गरे पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरमार्फत् भएको हो ।

टाई ब्रेकरमा सुदूरका विष्णु चौधरी, अभिनाश थापा, बुद्धदेव शाही र धीरेन्द्र शाहले गोल गरे। फागुराम चौधरीले भने गोल गर्न सकेनन्।

आर्मीका लागि ओमप्रकाश रोका, दिल लामा र मानबहादुर आले मगरले गोल गरे। तर, सन्तोष केसी र जीवन कुमारले गोल गर्न सकेनन्।खेलको म्यान अफ दी म्याच सुदूरका गोलरक्षक दीपक बोहरा भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

अब सुदुरपश्चिमले पर्सी हनामी चितवन एफसीसंग खेल्ने छ भने भोलि पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लव र नेपाल पुलिस क्लवबीच प्रतिस्पर्धा हुने छ ।