मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलौराकोट गोल्डकपः फाइनलको लागि आज थ्रीस्टार र पुलिस भीँड्दै

तिलौराकोट गोल्डकपः फाइनलको लागि आज थ्रीस्टार र पुलिस भीँड्दै

अपि टाइम्स

काठमाडौँ । कपिलवस्तुमा संचालित प्रथम तिलौराकोट गोल्डकपको पहिलो सेमिफाइनल खेल आज हुँदै छ । बुद्ध रंगशालामा दिउसो ३ बजे हुने खेलमा नेपाल पुलिस क्लव र थ्रीस्टार क्लवबीच प्रतिस्पर्धा हुने छ । थ्रीस्टारले पहिलो खेलमा कपिलवस्तुमाथि ३-० को जित दर्ता गर्दै सेमिफाइनलमा पुगेको थियो भने पुलिसले साहारा क्लव पोखरामाथि १ -० को जित दर्ता गरेको थियो ।

यी दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । थ्रीस्टारबाट आज राष्ट्रिय फुटवल टिमका पूर्व कप्तान विराज महर्जन, भेट्रान खेलाडी अनन्त तामाङ लगायतका चर्चित खेलाडी मैदान उत्रने बताइएको छ । यता पुलिसको तर्फबाट पनि राष्ट्रिय खेलाडी मैदान उत्रने भएकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने आयोजक कपिलवस्तु फुटवल संघले जनाएको छ ।

प्रतियोगितामा भोलि दोश्रो सेमिफाइनलको खेल हुने छ । दोश्रो सेमिफाइनलमा हनामी एफसी चितवन र सुदुरपश्चिम ११ भीँड्ने छन् । सुदुरपश्चिमले हिजो नेपाल आर्मीमाथि टाई ब्रेकरमा ४३ गोल अन्तरको जित दर्ता गर्दै हनामीसंगको भेट पक्का गरेको थियो । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा चैत्र २४ गते हुनेछ ।

विजेताले ११ लाख ११ हजार १ सय ११ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ पाउने छन् ।