मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थ्रीस्टारलाई पराजित गर्दै पुलिस तिलौराकोट गोल्डकपको फाइनलमा

थ्रीस्टारलाई पराजित गर्दै पुलिस तिलौराकोट गोल्डकपको फाइनलमा

अपि टाइम्स

कपिलवस्तु। विभागीय टोली नेपाल पुलिस क्लब प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा पुलिसले थ्रीस्टारलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल पुग्ने पहिलो टोली बनेको हो ।
उपाधिको प्रमुख दावेदार मानिएको थ्रीस्टार निकै रोमाञ्चक खेलको दोश्रो हाफको ५१ औँ मिनेटमा थ्रीस्टार सम्हालिन सकेन ।
पुलिसका विवेक पाण्डेले त्यतिखेर गोल गरे । त्यो नै खेलको निर्णयक गोल बन्यो । खेलको अन्तिमतिर थ्रीस्टार फर्कन प्रयास गरेको थियो तर पुलिसका रक्षा पंतीका खेलाडीले थ्रीस्टारका खेलाडीको कुनै पनि बललाई जाली चुमाउनबाट रोके ।
राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनको कप्तानीमा मैदान उत्रेको थ्रीस्टारमा अनन्त तामाङ, विदेशी खेलाडी ओलावाले लगायत थिए तर पनि उनीहरुले हार टार्न सकेनन् । अब पुलिसले उपाधिका लागि सुदूरपश्चिम–११ र हनामी बीएफसीबीचको विजेतासँग खेल्ने छ।

यी दुई टोलीको दोस्रो सेमिफाइनल खेल बिहीबार दिउसो ३ बजेदेखि सुरु हुने छ ।