मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ताइवानको भूकम्पः नौ जनाको ज्यान गयो, ९ सय जनाभन्दा धेरै घाइते

ताइवानको भूकम्पः नौ जनाको ज्यान गयो, ९ सय जनाभन्दा धेरै घाइते

अपि टाइम्स

तस्बिरः एजेन्सी
ताइवानमा गएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म कम्तीमा नौ जनाको ज्यान गएको छ । भूकम्पमा नौ सय जनाभन्दा धेरै घाइते भएका ताइवानको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । भत्किएका संरचनामा च्यापिएका एकसय २७ जनाको खोजी भइरहेको छ ।

ताइवानको पूर्वीतटीय क्षेत्रमा हिजो बिहान सात दशमलव चार म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पका कारण ताइवान र छिमेकी देशमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएकोमा पछि चेतावनी फिर्ता गरिएको छ । भूकम्पका कारण पहाडी भेगका ठाउँ ठाउँमा पहिरो गएको छ ।

ह्वालिएन शहरमा धेरै भवन भत्किएका छन् । त्यहाँ उद्धार कार्य चलिरहेको छ । सडक र रेल लाइन अवरद्ध भएका खबरमा उल्लेख छ । ताइवानका धेरै ठाउँमा विद्युत् आपूर्ति र इन्टरनेटमा अवरोध पुगेको छ ।

ताइवानका अधिकारीले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प भएको बताएका छन् ।